१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको 'डिजिटलाइज्ड' प्रचार शैली

जाजरकोट कांग्रेस उम्मेदवार राजीवविक्रम शाहले बुरुंगेमा महिलासँग भोट माग्दै गरेको फेसबुकमा राखेको तस्बिर र वाम गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतको प्रचारका लागि उनका समर्थकले लेखेको फेसवुक स्टाटस ।

सुर्खेतकी पत्रकार माया थापालाई केही दिनयता रेडियोको स्टुडियोमा ‘भ्वाइस’ रेकर्ड गर्न भ्याइ–नभ्याई छ । रेडियो सामग्री हैन, उम्मेदवारका प्रचार सामग्री तयार पार्न उनी आफ्नो स्वर दिन्छिन् । ‘तपाईंको स्वरमा मेरो प्रचार बनाइदिनुप¥यो भनेपछि नाइँ भन्न सकिँदैन,’ मायाले भनिन्, ‘आजै पनि दुईजना उम्मेदवारको प्रचार सामग्री रेकर्ड गराइदिएँ ।’

चुनाव प्रचार शैली ‘डिजिटलाइज्ड’ भएको छ । उम्मेदवार र उनका समर्थकले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन् ।

अहिलेको डिजिटल युगमा ठूलठूला पोस्टर, पम्पलेटले भित्ता छोपेर प्रचार गर्ने समय लगभग सकिएको छ । चुनाव प्रचार शैली  ‘डिजिटलाइज्ड’ भएको छन् । उम्मेदवार र उनका समर्थकले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन् । यसका साथै प्रचारात्मक सामग्रीलाई भिडियो तथा अडियो बनाएर युट्युब र सामाजिक सञ्जालमा अपलोड गरेको पनि प्रशस्त देख्न सकिन्छ ।

जाजरकोटी जनतालाई, भइसक्यो थाह
गाउँ–सहरका प्रिय नेता, राजीवविक्रम शाह
गाडी खस्दा, पहिरो जाँदा, महामारी हुँदा
तन, मन, धनले लागिपरे, जाजरकोटै रुँदा

यी गीति हरफ हुन्– प्रतिनिधिसभा सदस्य उम्मेदवार जाजरकोटका राजीवविक्रम शाहको प्रचारमा बनेको भिडियोको । जाजरकोटी टप्पामा बनेको यो भिडियो अहिले सामाजिक सञ्जाल र युट्युबमा प्रचार भइरहेको छ । सोमबार साँझसम्म मात्र यो भिडियो करिब ५४ हजारले हेरेका छन् ।
    राजीव र उनको प्रचारसमूहले यो भिडियोका साथै अन्य थुपै्र डिजिटल सामग्री उत्पादन गरेर निरन्तर प्रचार गरिरहेको छ । घरदैलोमा गएर जनतासँग भेटेका, चुनावी सभामा बोल्दै गरेका तस्बिर पनि उनले हालिरहेका छन् ।
जाजरकोटको ‘क’ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका कांग्रेसका वेदराज सिंह सामाजिक सञ्जाल र  गीतसंगीतमार्फत चुनावी प्रचार गरेको बताउँछन् । यसले जनतालाई आफ्नो बारेमा स्पष्ट पार्न सघाउ पुगेको उनको भनाइ छ ।
निर्वाचन आयोगले भित्तेलेखन निषेध गरेको अवस्थामा त्यो ठाउँ सामाजिक सञ्जालका भित्ताले लिन थालेको छ । वाम गठबन्धनका उम्मेदवार  गणेशप्रसाद सिंह जनताको पहुँच जहाँ बढी छ, त्यहीं प्रचार केन्द्रित गरेको बताउँछन् । ‘अब त जनताले घरमै बसीबसी आफ्नो उम्मेदवारबारे जान्ने मौका पाएका छन्,’ उनले भने, ‘त्यसैले हामीले फेसबुकजस्ता साधनलाई यसमा प्रयोग गरिरहेका छौं ।’
जाजरकोटमा सामाजिक सञ्जालमा मात्र होइन, मतदाताका मोबाइल र गाउँटोलमा पनि अहिले यस्तै सामग्री बज्ने गरेका छन् । बजारका इलेक्ट्रोनिक पसलमा त अरू गीतको स्थान चुनावी प्रचारका गीतले लिएका छन् ।
दाङमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार जानकीलाल बस्नेतले आफ्नो निजी सचिवालय स्थापना गरेरै प्रविधिको प्रयोग गरिरहेका छन् । ‘अहिलेको प्रविधिको युगमा सबैभन्दा राम्रो र प्रभावकारी प्रचार शैली यही हो,’ उनी भन्छन्, ‘पोस्टर, पम्पलेट टाँस्न जमाना गइक्यो ।’
प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर महराले पनि पहिलो चुनावी प्रचार सामाजिक सञ्जाललाई नै बनाए । महराले मतदातासँग भोट मागेको भिडियो दृश्यलाई फेसबुकमा केही दिनअघि राखेका छन् । प्रदेशसभा सदस्य उम्मेदवार एमालेका शंकर पोख्रेलले पनि महराकै शैली प्रयोग गरेर सामाजिक सञ्जालबाट मत मागेको दृश्य अहिले छाएको छ ।
शंकरका प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ‘आइटी’ सम्बन्धी जानकार दक्ष जनशक्ति राखेर आफ्नो प्रचार अनलाइन केन्द्रित बनाउने रणनीतिमा छन् । ‘अब चुनाव प्रचार अनलाइनबाट गर्नुपर्छ, मेरो चुनावी प्रचारशैलीलाई पनि मैले अनलाइनमार्फत चुस्त बनाउने योजना बनाइरहेको छु ।’
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले आफ्ना प्रचारसामग्रीमा ‘क्युआर कोड’ राखेका छन् । प्रचार सामग्रीमा राखिएको यो कार्डमार्फत आधुनिक मोबाइलको क्यामराले स्क्यान गर्दा उनको भिडियो हेर्न सकिन्छ । ‘चुनावी प्रचार प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले प्रचार सामग्रीमा क्युआर कोड राखिएको हो’ उनले भने, ‘अक्षरसँगै मतदाताले भिडियोमा पनि मेरा प्रतिबद्धता हेर्न र सुन्न सक्नुहुन्छ ।’ अघिल्लो निर्वाचनमा पोस्टर, पर्चा र फ्लेक्स प्रिन्टमार्फत प्रचार अभियानमा होमिएका उनी अहिले फेसबुक र युट्युबाई जोड दिइरहेका छन् ।
‘सञ्चार राज्यमन्त्री भइसकेपछि सञ्चारको महŒव बुझ्ने अवसर मिल्यो,’ उनले भने, ‘गाउँगाउँमा मोबाइल र इन्टरनेट पुगेकाले पनि आफूले दिने सन्देश र आफ्ना प्रतिबद्धता फेसबुक, युट्युबमार्फत पु¥याउने गरेको छु ।’
सुर्खेत क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘ख’ का उम्मेदवार बिष्टले २०७० सालमा निर्वाचित भएपछि आफूले गरेका विकास निर्माणका काम र प्रतिबद्धता समेटेर गीत पनि सार्वजनिक गरेका छन् ।
पछिल्लो समय उम्मेदवारहरु ‘न्यु मिडिया’ तर्फ आकर्षित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका सुर्खेतमा सबै उम्मेदवारहरुले फेसबुकमार्फत आफ्नो प्रचार अभियान तीव्र पारेका छन् ।
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, क्षेत्र नम्बर २ का उम्मेदवार हृदयराम थानी, क्षेत्र नम्वर २ को प्रदेशसभा ‘क’ का उम्मेदवार एमालेका यामलाल कँडेललगायत सामाजिक सञ्जालमा सक्रिय छ । ‘कुन उम्मेदवार कहाँ पुगेर के भाषण गरे, जनतासँग के–कस्ता बाचा गरे भन्ने कुरा सामाजिक सञ्जालमार्फत तत्कालै जानकारी हुन्छ,’ स्थानीय धर्म आचार्यले भने, ‘न्यु मिडियाले चुनाव प्रचार गर्ने शैली नै परिवर्तन गरिदिएको छ ।’

जनक केसी/जाजरकोट
देवेन्द्र बस्नेत/दाङ
नगेन्द्र उपाध्याय/सुर्खेत

प्रकाशित: २१ कार्तिक २०७४ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App