१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

काठमाडौं– चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ।

कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्।
यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

श्रेष्ठका अनुसार उक्त अस्पतालमा कडा रोगमध्ये निःशुल्क हेमोडायलाइसिस सेवा यसअघि नै सुरु भइसकेको छ । नेपाल सरकारको स्वास्थ्यबिमाकार्यक्रम र क्षयरोग सम्बन्धीनिःशुल्क डट्स कार्यक्रम पनि उपलब्ध छ।

डा श्रेष्ठ उक्त अस्पतालमा नेपालकै सबैभन्दा बढी विशेषज्ञ डाक्टर कार्यरत रहेकाले सेवाग्राहीले गुणस्तरीय उपचार सेवापाउने पाउने दाबी गर्छन् । उनकाअनुसार काठमाडौंबाहिर एकमात्र ३ टेस्लाक्षमताको एमआरआई सेवाउक्त अस्पतालमा उपलब्ध छ । त्यसैगरी, १६७ स्लाइस क्षमताको सिटी स्क्यान र डिजिटल एक्सरे÷युएसजी सेवापनि अस्पतालमा रहेको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय प्रविधियुक्त भेन्टिलेटर सहितको अत्याधुनिकआइसियू, एचडियू, एनआइसियू, पिआइसियू र अपरेसन थियटर रहेको अस्पतालको आफ्नै फार्मेसी रहेको विज्ञप्तिमा उल्लेख छ।

यो अस्पतालले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत ट्राफिक सचेतनामूलककाम, विपन्नतथा पिछडिएको वर्गलाई लक्ष्य गरी निःशुल्क स्वास्थ्यशिविर पनिआयोजन ागर्ने गरेको अस्पतालका सिनियर मार्केटिङ मेनेजर दुर्गाप्रसादन्यौपानेले बताए।
डा श्रेष्ठले २३ वर्षअघि खुलेको यो शिक्षण अस्पताल सर्वसाधारणलाई सुलभ दरमा गुणस्तरीय उपचार सेवादिई र स्वास्थ्योपचारको सिलसिलामा देशबाट बाहिरिने रकमयतै रोक्नभूमिका खेल्ने गरी अस्पताल अघि बढिरहेको बताए। 

प्रकाशित: २० कार्तिक २०७४ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App