१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

झुम्का (सुनसरी)- थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

त्यस्तै संघको उपाध्यक्षमा संजय चौधरी (चितवन) निर्विरोध विजयी भए। महासचिवमा भने उदयपुरका पत्रकार किशोर चौधरी निर्वाचित भए। उनले प्रतिद्वन्द्वी विश्वराज पछलडंगियालाई हराउँदै विजयी भए। 

त्यस्तै सचिवमा शैलेन्द्र चौधरीलाई हराउँदै इन्दु चौधरी (कैलाली) निर्वाचित भइन्। उनले ३४ मत पाइन्। कोषाध्यक्षमा भने प्रतिमा चौधरी (बारा) निर्विरोध विजयी भइन्।

त्यस्तै सदस्यहरुमा कुलदीप चौधरी (सुनसरी), दुष्यन्त चौधरी (बारा), सन्तकुमार चौधरी (चितवन), राजु चौधरी (चितवन), कमल चौधरी (बुटवल), सन्तोष दहित (दाङ), पुष्पा चौधरी (बर्दिया), उन्नती चौधरी (कैलाली) सीताराम चौधरी (काठमाडौं) बुनु चौधरी (काठमाडौं), सहदेव चौधरी (काठमाडौं), लक्ष्मी चौधरी (काठमाडौं) निर्विरोध निर्वाचित भए।

मतपरिणामपछि सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष चौधरीले यो जित सबै थारु पत्रकारहरुको जित भएको बताए। उनले सबै थारु पत्रकारहरुलाई एकीकृत गर्ने अभियान जुट्न आह्वानसमेत गरे। 'हामीले लोकतान्त्रिक प्रकृया अवलम्बनमात्र गरेका हौं। यहाँ कोही हारेका छैनन्। यहाँ सबैको जित भएको छ। हामी सबै मिलेर थारु पत्रकारहरुको सशक्तिकरणमा जोड दिनुपर्छ,' उनले भने।

प्रकाशित: २० कार्तिक २०७४ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App