१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा रहेको बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४मा चुनाबी अभियानको शनिवार सुरुवात गर्दै थापाले शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धि आफ्ना एजेण्डा भएको बताए।

गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकता रहेको बताए। ‘शिक्षा र स्वास्थ्य निःशुल्क दिनु राज्यको दायित्व हो,’ पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, ‘शिक्षा र स्वास्थ्य सुधारको लागि केही काम सुरु गरेको छु । बाँकी काम पूरा गर्न चाहान्छु ।’

थापाले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढाको खोल्ने बताए। ‘हाम्रो नीति राम्रो नभएकाले उद्योगधन्दा फस्टाउन सकेका छैनन्,’ थापाले भने, ‘लगानीमैत्री वातावरण बनाउनु पर्छ।’ स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर कतार र मलेसिया गएका युवालाई पर्काउनुपर्ने बताए।  पूर्वाधार विकाससहित काठमाडौंलाई व्यवस्थित शहरको रुपमा विकास गर्न विद्युतीय सवारीको अभियान सुरु गरेको बताएका छन्। प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्कासाथ उपस्थित भएका थापाले चार वर्षअघि दिएको संविधान निर्माणको जिम्मेवारी पूरा गरेको बताए।

प्रकाशित: १८ कार्तिक २०७४ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App