१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जगन्मिथ्यात्व– २

मन बाँधे शान्त हुन्छ सबै संसारको भ्रम । 
हुन्छ जस्तो क्षीर निधि भए मन्दिर निश्चल ।। 

संकल्प मनमा उब्जे उदाउँदछ विश्व यो । 
हटे संकल्प सम्पूर्ण विश्वभ्रम समाप्त भो ।। 
प्राण औ वासनालाई नियन्त्रण गरीकन । 
पार संकल्पले शून्य मन यो रघुनन्दन ।। 

संकल्पबाट उब्जन्छ न्यसको भै दिए क्षय । 
संसार यो नाश हुन्छ यसमा छैन संशयः ।। 

ज्ञानले चित्रको सर्प सर्प होइन चिन्दछौँ । 
चिने त्यस्तै परब्रह्म संसारबाट हट्दछौँ ।। 

आफ्नो मनोमोहबाट रचेको दुःखदायक ।
संसाररूपी यो भूत विचारेमा हराउँछ ।। 

क्रमशः 
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

प्रकाशित: १८ कार्तिक २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App