१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपाध्यक्षविरुद्ध महामन्त्री बागी

बारा – राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सरोज यादवविरुद्ध महामन्त्री जितेन्द्र सिंहले बागी उम्मेदवारी दिएका छन्। 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहीबार मनोनयनपत्र दर्ता गराइएको निर्वाचन कार्यालयले जनाएको छ। 

उपाध्यक्ष यादवबिरुद्ध प्रदेशसभा सदस्य बागी उम्मेदवारी दिएका महामन्त्री सिंहले पार्टीले अन्याय गरेकोले जनतासँग न्याय माग्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन्। 

उपाध्यक्ष यादवले निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभाका लागि टिकट पाए पनि उनले संघीय समाजवादी फोरमका नेता तथा आफ्ना भाइ रामकिशोर यादवलाई सो टिकट दिएर सरोजले आफ्नो ठाउँमा उम्मेदवारी दर्ता गराएको आरोप लगाएका छन् । उपाध्यक्षले नै आफ्नो टिकट अरुलाई दिएर आफ्नो राजनीति समाप्त गर्न खोजेको अवस्थामा आफू चुप लागेर बस्न नसक्ने भएपछि सो क्षेत्रको जनताको चाहनाअनुसार आफू स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको महामन्त्री सिंहले बताए । 
त्यसैगरी बाम गठबन्धनबाट निर्वाचन क्षेत्र ३ को (क)बाट भरत भण्डारीले बागी उम्मेदवारी दिएका छन्। 

वम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ ज्वाला साह उम्मेदवार भए पनि साहको विरोधमा एमालेका भरत भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्। 
जिल्लामा चारवटा प्रतिनिधिसभा र आठवटा प्रदेशसभाका लागि कांग्रेस, वामगठबन्धन र मधेसवादी दलले बाजागाजासहित सम्बन्धित निर्वाचन कार्यालयमा आ–आफनो उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App