१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ललितपुर १ मा उदयसम्शेर राणाको प्रतिस्पर्धा पूर्व डिअाइजी नवराज सिलवालसँग

ललितपुर–आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए।

यसैगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गराएका छन्। यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन्।

प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराएका छन्। यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ (क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराएका छन्।

नयाँ शक्ति पार्टीबाट क्षेत्र नं २ (क) मा चन्द्र महर्जन र खमा लक्ष्मीकुमार श्रेष्ठ तथा क्षेत्र नं ३ (क) मा विनोद महर्जन र ३(ख) मा ईश्वर घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दवाडीले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १३ जनाबाट उम्मेदवारी दर्ता भएको जनाइएको छ।

 

प्रकाशित: १६ कार्तिक २०७४ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App