काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

बिहिबार, १६ कार्तिक २०७४, १६ : ०२ नागरिक

काठमाडौँ – अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। 

नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए। 

आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। 

अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताए। 

भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन्। 

सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad