१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

४५ जिल्लामा उत्साहपूर्ण मनोनयन दर्ता हुँदै [फोटो फिचर]

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि आज ४५ जिल्ललामा मनोनयन दर्ता हुँदैछ। मंसिर २१ मा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहेको छ। यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन्। जसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन्।

इलाम क्षेत्र नम्बर १बाट उम्मेद्वारी दर्ता गराउन मुख्य निर्वाचन कार्यालय पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दर्ता गराउन पुगेका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ । तस्बिर ः भीम चापागार्इं

ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन राष्ट्रिय सभा गृह पुगेकी माअाेवादी नेतृ पम्फा भुषाल। तस्बिर : दिनेश गाेले

काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन राष्ट्रिय सभा गृह पुगेका काँग्रेस  नेता गगन थापा र क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिन पुगेका प्रकाशमान सिंह। तस्बिर : विजय गजमेर

झापा ३बाट मनोनयन दर्ता गराउँदै काँग्रेस नेता कृष्णप्रसाद सिटाैला। तस्बिर : राजु अधिकारी

झापा ५ बाट मनोनयन दर्ता गराउँदै एमाले अध्यक्ष केपी अाेली। तस्बिर : राजु अधिकारी

 

काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन राष्ट्रिय सभा गृह पुगेका एमले नेता माधवकुमार नेपाल। तस्बिर : विजय गजमेर

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन राष्ट्रिय सभागृह पुगेका सञ्चारकर्मी रविन्द्र मिश्र। तस्बिर : प्रविन कोइराला।

ललितपुर क्षेत्र २ मा नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभामा रत्‍न महर्जन र प्रदेश सभाका उम्मेदवार चक्रबहादुर महर्जन र लक्ष्मीकुमारी श्रेष्ठ मनोनयन दर्ता गराउँदै। तस्बिर : दिनेश गोले।

मजदुर कपसान पार्टी, नेकपा माले, वैद्य नेतृत्वको माओबादीबाट चितवनमा उम्मेद्वारी दर्ता । वाम गठवन्धन र काँग्रेस लगायतले जुलुससहित उम्म्द्वारी दर्ता गर्ने तयारी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ मा उम्मेद्वारी दिदै । उम्मेद्वारी दर्तापछि दाहालले भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । रमेशकुमार पौडेल/चितवन

झापा ३ बाट मनोनयन दर्ता गराउँदै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन। तस्बिर : राजु अधिकारी।

 

प्रकाशित: १६ कार्तिक २०७४ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App