१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कंगनाको झाँसी रानी लुक्स

मुम्बई- बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ डिसेम्बरको पहिलो साता रिलिज हुने तयारीमा छ । फिल्मको फष्टलुकमा नायिका दीपिका पादुकोणलाई दरबारकी रानीको रूपमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालमा दीपिकाको ‘पद्मावती’को चर्चा चलिरहँदा अर्की नायिका कंगना रनावतको नयाँ लुक्सको झन् जोडदार चर्चा चलेको छ । सञ्चारमाध्यमहरूमा जनाइए अनुसार यतिबेला जयपुरमा फिल्म ‘मणिकर्णिकाः दी क्विन अफ झाँसी’को सुटिङमा व्यस्त कंगनाको रानी लक्ष्मीबाईको लुक्सले सामाजिक सञ्जालमा धेरैको तारिफ पाएको छ ।
दीपिकाको फिल्म ‘पद्मावती’ जस्तै कंगनाको ‘मणिकर्णिका’ पनि ऐतिहासिक कथामा आधारित छ । तर यी दुई फिल्मको इतिहासको समय भने फरक रहेको छ । कंगनाको लुक्स हेर्दा त्यो बेलाको कालखण्डलाई जीवन्त बनाउने प्रयास गरिएको प्रष्ट देखिन्छ । कंगनाको जस्तै सह कलाकारको भेषभूषा पनि मौलिक किसिमको देखाइएको छ । तस्बिरमा कंगनाले काँधमा तरबार पनि बोकेकी छन् । फिल्मका लागि कंगनाले घोड सवारी र तलवारबाजीको तालिम पनि लिएकी छन् । केही दिन अघि सार्वजनिक एक भिडियोमा कंगनालाई तरबार चलाएको अवस्थामा देखिएको थियो ।
फिल्म ‘मणिकर्णिका’ आगामी वर्षको अप्रिल २७ मा रिलिज हुँदैछ । यो वर्ष बलिउडमा सर्वाधिक कमाई गरेको फिल्म ‘बाहुबली २– द कन्क्लुजन’ अप्रिल २८ मा रिलिज भएको थियो । यी दुवै फिल्मको कथा केवी विजयेन्द्र प्रसादले नै लेखेका हुन् । उनी ‘बाहुबली’का निर्देशक एसएस राजामौलीका पिता हुन् ।
फिल्मका लागि हैदराबाद र जयपुरमा राजमहल र भवनको भव्य सेट बनाइएइको  छ । फिल्म ‘बाहुबली’को सफलता पछि बलिउडमा ऐतिहासिक कथामा फिल्म बनाउने लहर नै चलेको छ । कंगनाको फिल्मी करियरमा रानी लक्ष्मीबाईको जस्तो लुक्समा प्रस्तुत हुन लागेको पहिलो पटक हो । फिल्मका निर्देशकसमेत रहेका विजयेन्द्रले फिल्ममा देखाइने युद्ध दृश्य नै फिल्मको मुटु रहेको बताएका छन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App