१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यी हुन् माओवादीका उम्मेदवार (सूचीसहित)

काठमाडौं- दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका ४२ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । ४२ जनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत छन् । माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार टुंगो लगाइसकेको छ ।
एमालेसँग भएको गठबन्धनअनुसार दोस्रो चरणमा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न जिल्लामा गरी ४२ सिट पाएको छ । दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता कार्यक्रम छ ।  चितवन निर्वाचन क्षेत्र–३ बाट उम्मेदवारी दर्ता गराउन अध्यक्ष दाहाल त्यहाँ पुगिसकेका छन् ।
‘उम्मेदवार छनोट भइसकेको छ, बिहीबार मनोनयन हुनेछ’, पार्टी प्रवत्ता पम्फा भुसालले नागरिकसँग भनिन्, ‘तालमेलका कारण निर्वाचन क्षेत्र तलमाथि हुने सम्भावना पनि छ ।’
...
वाम तालमेलका कारण माओवादीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नम्बर १ मा ५ जनाको उम्मेदवारी पर्ने छ । जसअनुसार झापा १ मा  पार्थ क्षेत्री (राम कार्की), उदयपुर २ मा सुरेशकुमार राई, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र सुनसरी २ मा डम्बर सुवेदी उम्मेदवार तोकिएका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटामा भने भागबन्डाका कारण सिट पाउन सकेको छैन् ।
प्रदेश नम्बर २ का ३२ वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले १७ वटामा उम्मेदवारी मनोनयन दर्ता गराउने छ । प्रदेश नम्बर २ मा सिरहा–३, सर्लाही–३ र ४ सहित ३ जना नवप्रवेशीले माओवादीबाट प्रतिनिधिसभाका लागि टिकटमा मौका पाएका छन् । सप्तरी १ बाट अशोकुमार मण्डल, सप्तरी २ बाट उमेश यादव, सिरहा ३ बाट सुरेशचन्द्र दास र सिरहा ४ बाट अजयशंकर नायकले उम्मेदवारी पाएका छन् । यसअघि नायक अध्यक्ष दाहाल सिरहा ४ बाट विजयी भएका थिए । यसैगरी, धनुषा १ मा मातृकाप्रसाद यादव, धनुषा २ मा रामचन्द्र झा, धनुषा ३ मा रामसिंह यादव तथा महोत्तरी १ मा गिरिराजमणि पोखरेल र महोत्तरी ४ रजी हैजारले टिकट पाएका छन् ।  सर्लाही २ बाट दिनेश यादव, सर्लाही ३ बाट फोरम रामेश्वर राय यादव उम्मेदवार बन्ने छन् । शिवपुजन यादव सर्लाही–४ बाट चुनाव लड्दैछन् । यसैगरी, रौतहट १ बाट सत्यनारायण भगत तथा रौतहट ३ बाट प्रभु साह, बारा २ बा  शिवचन्द्र कुशवाहा र पर्सा ४ बाट उर्मिला अर्यालले टिकट पाएका छन् ।
माओवादी प्रदेश नम्बर ३ मा  ८ सिट पाएको छ । जसअनुसार सिन्धुली २ बाट हरिबोल गजुरेल, भक्तपुर १ बाट मिलन सुवाल, काठमाडौं १ बाट अनिल शर्मा, काठमाडौं ६ बाट झक्कु सुवेदी, काठमाडौं ८ बाट उमेश स्थापित र काठमाडौं १० बाट हितमान शाक्य, ललितपुर ३ बाट पम्फा भुसालले टिकट पाएका छन् ।  चितवन ३ बाट पार्टी अध्यक्ष दाहालले मनोनयन दर्ता गराउने छन् ।
प्रदेश नम्बर ४ को  नवलपुर क्षेत्रबाट माओवादीका भविश्वर पराजुलीले टिकट पाएका छन् । माओवादीले सो प्रदेशका तनहुँ, कास्की, स्याङजा र पर्वतबाट उम्मेदवारी दिने छैन ।
प्रदेश नम्बर ५ मा माओवादीले ७ वटा सिट पाएको छ । जसअनुसार अर्घाखाँचीमा टोपबहादुर रायमाझी, दाङ २ बाट कृष्णबहादुर महरा, बाँके १ बाट महेशराज गहतराज, बर्दिया २ बाट सन्तकुमार थारु, कपिलबस्तु १ बाट चक्रपाणि खनाल, रुपेन्देही ५ बाट डिलाराम आचार्य र नवलपरासी १ बाट घनश्याम यादवले उम्मेदवारी दर्ता गराउने छन् । एमाले र माओवादी गठबन्धनले प्युठानमा भने राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई सहयोग गर्ने भएको छ ।
प्रदेश नम्बर ६ मा माओवादी केन्द्रले एउटा सिट पाएको छ । सो प्रदेशको सल्यानबाट टेकबहादुर बस्नेतलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।  
यसैगरी प्रदेश ७ मा माओवादीले ४ वटा सिट पाएको छ । जसअनुसार डडेल्धुरामा खगराज भट्ट, कञ्चनपुर १ मा  बिना रानामगर, कैलाली ३ मा गौरीशंकर चौधरी र कैलाली ४ मा लेखराज भट्ट उम्मेदवार बन्ने छन् ।  रानामगर पार्टी अध्यक्ष दाहालकी बुहारी हुन् ।
 

प्रकाशित: १६ कार्तिक २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App