१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय सरकारलाई पर्यटक शुल्क उठाउन रोक

काठमाडौं- सरकारले स्थानीय तहले जथाभावी पर्यटक शुल्क असुल्न थालेपनि सरकारले रोक लगाएको छ। आफूखुशी चर्को शुल्क उठाउँदै आएको गुनासो पर्यटकबाट आएपनि आइतबार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो ।

विज्ञप्तीमा आफ्नो नगरपालिका र गाउँपालिकाहरुले आफ्नो भौगोलिक क्षेत्रभित्र प्रवेश गर्ने आन्तरी तथा वाह्य पर्यटकबाट कुनै पनि किसिमको शुल्क लिन नपाउने उल्लेख गरिएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत् शुल्क लिन नपाउने व्यवस्था छ । तर कानुन मिचेर जथाभावी शुल्क असुलेपछि सरकारले यस्तो व्यवस्था लागु गरेको हो । अब कुनै पनि स्थानीय निकायले आफूशुखी पर्यटक शुल्क असुल्न पाउने छैेनन् । 

प्रकाशित: १५ कार्तिक २०७४ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App