१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौं—काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय नागरिक हतियार र ठूलो परिमाणको गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले नागरिकन्युजलाई बताए।

धानुकका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ। कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको उनले बताए। उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए।

प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७४ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App