१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

काठमाडौं- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा अब आर्थिक आन्दोलनको आवश्यकता रहको बताएका छन्। उनले मुलुकमा धेरै आन्दोलन भइसकेका उल्लेख गर्दै अब आर्थिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसले गर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँडले देशमा लामो समय राजनीतिक आन्दोलन भएको र नेपाली जनताले चाहेको संविधान प्राप्त भइसकेकोले अब आर्थिक आन्दोलनको खाँचो औंलयाए।

रेडियो नागरिकसँगको संवादमा नेता खाँडले मुलुकले अब अन्य आन्दोलनलाई थेग्न नसक्ने जनाउँदै सबै राजनीतिक दलहरुलाई साथमा लिएर आर्थिक क्रान्तिको बाटोमा अघि बढ्ने निती नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरैको बताएका छन्।

अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्

नेपाली कांग्रेसले राज्यलाई संकटबाट पार लगाउन राण विरोधी आन्दोलन गरेको, राजाको निरकुंशताविरुद्ध आन्दोलनको अगुवाइ गरेर राजा हटाउन सफल भएको , शसस्त्र द्वन्दमा रहेको माओवादीलाई जंगलबाट डोर्‍याएर संविधानिक व्यवस्थामा ल्याउन सफल भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले गरेका हरेक सामाजिक आन्दोलनमा नेपाली जनताले साथ दिएका छन् । जनताले माओवादी र एमाले सच्चिएर लोकतान्त्रि र बहुलदलीय शासन व्यवस्थामा आयो भनेर जनताले भोट दिएका हुन् । तर उहाँहरुले जनताको त्यो विश्वासमा घात भएको छ ।’

नेपाली कांग्रेसका प्रचारप्रसार समिति संयोजकसमेत रहेका नेता खाँडले नेपाली कांग्रेसको सम्पूर्ण ध्यान संविधान कार्यान्वयन र आर्थिक समृद्धितर्फ भएको बताउँदै भने, ‘हामीले दश वर्षमा समृद्ध मुलुक बनाउने निम्ति अवलम्बन गरेको छ ।’

वाम गठबन्धनप्रति कटाक्ष गर्दै नेता खाँडले वाम गठबन्धन जनताको हित भन्दा पनि निहित स्वार्थप्राप्तिका लागि गरिएको बताए। एमालेले राष्ट्रवादलाई गलतरुपमा व्याख्या गरेकोसमेत बताए । उनले भने, ‘एमालेले पहाडमा जाँदा तराई मधेसलाई गाली गर्ने र तराई झर्दा अन्य पहाड र हिमाललाई गाली गरेर राष्ट्रलाई विखण्डनको बाटोमा लगिरहेको छ । के त्यहि राष्ट्रवाद हो ? यसलाई गलत रुपमा व्याख्या गरिएको छ ।’

नेपाली सीमाको रक्षा सीमामा रहेका नेपालीहरुले गरेको बताउँदै उनले भने, ‘सदियौंदेखि नेपाली भूमीको रक्षा गर्ने सीमाका नागरिकहरुलाई काठमाडौंको टुँडिखेलबाट मधेसी राष्ट्रियता विरोधी हुन भनेर कसरी भन्न सकिन्छ ?’

हजारौं नेपाली जनताको बलिदानीपछि माओवादी द्वन्दको धङधङीबाट बाहिर आइसकेपछि जनताले विश्वास गरेर जिताए । तर, माओवादी फेरी एमालेसाग मिलेर नेपालमा साम्यवाद ल्याउन जोडिएको माओवादीले जनताको जनादेशको अपमान गरेका खाँडको आरोप छ ।

पूर्व रक्षामन्त्री रहेका खाँडले भोलि बिहीबार दोस्रो चरणमा मंसरि २१ गते हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुपर्ने भएकोले आज बेलुकासम्म सबै क्षेत्रको उम्मेदवारी टंग्याइसक्ने बताए ।

प्रकाशित: १५ कार्तिक २०७४ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App