१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डाले अगामी वर्षको कक्षा १० को एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी गरेको छ । यसको लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरीरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

ऐनका अनुसार बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी बोर्डको छ ।

प्रदेश एकमा विराटनगर, दुईमा जनकपुर, तीनमा काठमाडौं, चारमा पोखरा, पाँचमा कोहलपुर, छमा सुर्खेत र सातमा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको बताए ।

‘प्रदेश छमा बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यलय स्थापना हुन्छ । अन्य प्रदेशमा भएका साबिक कार्यालयलाई नै प्रादेशिक कार्यालयमा रूपान्तरण गरिनेछ,’ अध्यक्ष पौडेलले भने, ‘अब कक्षा १० को परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रादेशिक कार्यालयबाटै हुन्छ ।’ २०७५ चैत्रमा हुने कक्षा १० को परीक्षाको जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको उनले बताए । हालसम्म बोर्डको विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी र डडेल्धुरामा शाखा कार्यालय सञ्चालित छन् ।

‘एसइईको परीक्षा प्रादेशिक कार्यालयबाटै सञ्चालन हुने भएकाले विसं १९९० देखिको एसएलसी परीक्षाको प्राप्तांकको अभिलेख भएकोले बोर्ड कार्यलयलाई अभिलेखालयको रूपमा स्थापित गरिने छ,’ उनले भने।                                                                                                                                                                                                                   

साथै, कक्षा ११ को परीक्षा स्कुललाई नै जिम्मेवारी दिने तयारी बोर्डले गरिरहेको पनि उनले बताए । उनले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा अगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतीजा प्रकाशन गर्ने बताए ।

 

प्रकाशित: १५ कार्तिक २०७४ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App