१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन दिनदेखि पाँचथर–तेह्रथुम सडक अवरुद्ध

पाँचथर– वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग ३ दिनदेखि अवरुद्ध भएको छ।

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

पहिरो गएर सो सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहान डाँडा र सङ्क्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै इलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन्।

कोही हिँडेरै फिदिमसम्म आइपुगेका छन्। च्याङ्थापु र ओयाम क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ। रासस

 

प्रकाशित: १७ श्रावण २०७३ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App