१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जाजरकोटमा १ सय १६ मतदान केन्द्रका लागि तयारी तिव्र

जाजरकोट- आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र  प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा  एक सय १६ वटा मतदान केन्द्र कायम गरि  निर्वाचनको तयारीलाइ तिव्र पारिएको छ।

 विगतका निर्वाचनमा  यस अघि ८५ मतदान स्थलका  एक सय १३ भएकोमा  यस पटक  जिल्लामा   ८५ मतदान स्थलका   १सय १६ केन्द्रहरु कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका  प्रमुख  हरिवहादुर वुढाथोकीले वताए।  उनले  जिल्लामा   यस पटक  तीन स्थानमा मतदान केन्द्र थप गरिएको बताए  उनका अनुसार  नलगाड नगरपालिकाको दल्ली, वारेकोट गाउँपालिकाको सेपुखोला र  वारेकोटकै सिलिंगेचौरमा   मतदान केन्द्र थप गरिएको वताए ।  एक  हजार  ६४ मतदाता वरावर एक मतदानन केन्द्र हुने निर्वाचन आयोगको  नियम अनुसार  जिल्लामा   यो पटक तीन वटा मतदान केन्द्र थप गरिएको  उनले बताए । 

निर्वाचन कार्यालयका अनुसार  निर्वाचन सफल वनाउनका लागि  मतदाता शिक्षा, निर्वाचतन र सन्चार तालिम जनशक्ति व्यवस्थापन लगाएतका  गतिविधिहरु  तिव्र गतिमा  सन्चालन भइरहेका छन् ।  कार्यालयले  निर्वाचनलाइ  स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्ने काममा सहयोग जुटाउन जिल्ला स्थित सन्चारकर्मीहरुका लागि  एक दिने  निर्वाचन र सन्चार  विषयको अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको,  निर्वाचनका लागि आवस्यक  जनशक्तिको  व्यवस्थापनको अन्तिम  तयारी गरेको   प्रमुख  वुढाथोकीले वताए ।

उनले  निर्वाचन शिक्षा कार्यक्रम  सामाग्री जिल्लामा आइनपुगेको हुनाले  गर्न वाँकी रहेको र अन्य काम  धमाधम भइरहेको बताए ।  जिल्लामा  निर्वाचन सामाग्रीहरु पुग्ने वित्तिकै  मतदातालाइ भोट हाल्ने तरीका र अन्य निर्वाचन शिक्षाका कार्यक्रमहरु सन्चालन गरिने  वुढाथोकीले बताए।  यस पटक जिल्लामा  मंसिरमा हुने निर्वाचनका लागि ८३ हजार  ९ सय ३७ मतदाताले  आफनो मताधिकारको प्रयोग गर्दै छन् भने  उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि ५  दलका ५ जना उम्मेदवार र   प्रदेश सभाका लागि  ५ दलका ९  जना उम्मेदवारहरु  मैदानमा उत्रिएका  छन्।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App