१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनमा नयाँ मतदाता निर्णायक

धनगढी- प्रदेश नम्बर ७ का नौ वटा जिल्लामा गत स्थानीय तहको निर्वाचन पछि १ लाख ३१ हजार ९ सय ५९ जना नयाँ मतदाता थपिएका छन्। गत स्थानीय तह निर्वाचन पछि थपिएका नयाँ मतदाताले कसलाई मतदान गर्ने भन्ने कुराले नतिजामा प्रभाव पार्ने बिश्लेषण गरिएको छ।

      क्षेत्रीय निर्वाचन कार्यालयको तथ्यांक अनुसार ९ जिल्लामा स्थानीय तहको निर्वाचन पछि १ लाख ३१ हजार ९ सय ५९ जना नयाँ मतदाता थपिएर मतदाता संख्या १४ लाख ३५ हजार ६ सय ७३ जना पुगेको छ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर हरेक स्थानीय तहमा मतदाता नामावली संकलन गरेको थियो । ‘यो अवधीमा १ लाख ३१ हजार ९ सय ५९ मतदाता थपिएका हुन’ क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी रुपसिंह कार्कीले भने।

  कैलालीमा ५७ हजार २ सय ९८ जना नयाँ मतदाता थपिएका छन्। कैलालीमा ४ लाख ६० हजार ५ सय ७८ मतदाता संख्या पुगेको छ।

बाजुरामा ४ हजार ८ सय ८४, बैतडीमा ७ हजार ४ सय ९५, कञ्चनपुरमा २९ हजार २ सय ३८, दार्चुलामा ५ हजार ६ सय ७ र डडेल्धुरामा ५ हजार ९ सय ५५ जना नयाँ मतदाता थपिएका क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी कार्कीले जानकारी दिए। यसैगरी बझाङमा ६ हजार ६ सय ६५, अछाममा ९ हजार १ सय ६१, डोटीमा ५ हजार ६ सय ५६ थपिएका छन्।

स्थानीय तह निर्वाचनको मतलाई केलाउदाँ बाम गठबन्धन र काग्रेसको पाएको मत अन्तर भन्दा कतिपय जिल्लामा नयाँ मतदाता संख्या बढी छ। यसैले नयाँ मतदाता पनि नतिजाका लागी निर्णायक हुने बिश्लेषण गरिएको छ ।

     ‘नयाँ मतदाता धेरै थपिएकाले स्थानीय तहमा पाएको मतका आधारमा मात्रै दलहरुलाई चुनावी आँकलन गर्न मिल्दैन’स्थानीय शिक्षक गणेश नेपालीले भने,‘नयाँ मतदाता निर्णायक हुन सक्छन।’ नयाँ मतदाताले परम्परागत मतदाता भन्दा फरक ढंगले मन परेको राम्रो उम्मेदवारलाई मतदान गर्न सक्छन्।

प्रदेश नम्बर ७ मा करिव ५० हजार बढी महिला मतदाता

    प्रदेश ७ मा पुरुष मतदाताको तुलनामा ४२ हजा ४ सय ९७ महिला मतदाता संख्या बढी छ । महिला मतदाता बढी भएपनि याहाँ महिला उम्मेदवार भने न्युन रहेको छ।

क्षेत्रीय निर्वाचन कार्यालयको तथ्यांकअनुसार प्रदेश ७ मा ६ लाख ९६ हजार ५ सय ८० पुरुष रहेकोमा महिला मतदाता  ७ लाख ३९ हजार ७७ रहेका छन् । दार्चुला र बाजुराबाहेक सबै जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी छ।

१२ क्षेत्रमा ३ जना महिला उम्मेदवार

पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका प्रदेश ७ का ४ जिल्लाबाट ३ जनामात्र महिला उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र र प्रदेशका ८ निर्वाचन क्षेत्रमा गरि ६३ जनाले उम्मेदवारी दिएकोमा महिला उम्मेदवारको संख्या ३ जनामात्र छ । बझाङ जिल्लामा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो।

राष्ट्रिय जनमोर्चाकी कल्पना भण्डारीले बझाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छिन् । यसैगरी प्रदेशसभा क्षेत्र १ बाट नेपाली काँगे्रसकी चन्द्रादेवी जोशी तथा २ बाट माओवादी केन्द्रकी देवकी मल्लले उम्मेदवारी दिएकी छन्।

 पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते यहाँका बझाङ, बाजुरा, दार्चुला र बैतडीमा निर्वाचन हुँदैछ । ४ जिल्लामा प्रतिनिधिसभाको ४ स्थानका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाका ८ स्थानका लागि ४० जनाको उम्मेदवारी परेको छ।

१६ जना तेस्रो लिङ्गी मतदाता

कैलालीमा ८, बझाङ र कञ्चनपुरमा १/१ तथा अछाम, बाजुरा, बैतडीमा २/२ गरि १६ जना तेस्रो लिङ्गी महिला रहेका छन्। प्रदेशभरी १६ निर्वाचन क्षेत्र र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि चुनिने छन् । पहिलो चरण अन्तरगत बैतडी, दार्चुला, बाजुरा र बझाङमा मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ। बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुने छ।

प्रकाशित: १२ कार्तिक २०७४ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App