१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

काठमाडौं-  पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

सोमपालले १९ वर्ष १ सय ५१ दिनको उमेरमा अन्तराष्ट्रिय टि २० खेलमा नेपालको लागि विजयी रन लिएका थिए। २०१५ मा नेदरल्याण्ड विरुद्ध भएको शृङखलाको अन्तिम खेलमा सोमपालले उक्त रेकर्ड बनाएका थिए।

 उनको यो रेकर्ड पाकिस्तानी खेलाडी शदबले १९ बर्ष २३ दिनको उमेरमा श्रीलङ्कासँगको खेलमा विजयी रन लिँदै सोमपालको रेकर्ड तोडेका हुन्।

शदबको अन्तिम रनले पाकिस्तानले श्रीलङ्काविरुद्धको खेल जितेको थियो। तीन मध्ये दुई खेल जितेको पाकिस्तानले आज तेस्रो खेल खेल्दैछ।

प्रकाशित: १२ कार्तिक २०७४ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App