१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकाको स्वागतमा विशेष सुरक्षा व्यवस्था

लाहोर – पाकिस्तानको लाहोरमा आइतबार श्रीलंकाली टोली ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिँदा दशौं हजार सैनिक तैनाथ गरिने भएको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोलीमाथि भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो टोलीले पाकिस्तान भ्रमण गर्न लागेको यो पहिलो पटक हो। 

त्यहाँ भइरहेका हमलाका कारण सुरक्षाबारे प्रश्न उठेपछि २००९ को हमलामा परेका खेलाडी र मुख्य प्रशिक्षकसहित श्रीलंकाका केही अधिकारीले भने ट्वान्टी–२० खेलका लागि पाकिस्तान भ्रमण नगर्ने भएका छन्। 

तर, लाहोरमै सम्पन्न १९९६ विश्वकपको फाइनलमा अस्ट्रेलियालाई हराउँदाका टोली सदस्यद्धय असन्का गुरुसिन्हा (व्यवस्थापक) र हशन तिलकारत्ने (ब्यटिङ प्रशिक्षक) भने टोलीमा हुनेछन् । २००९ को हमलामा परी फोक्सो र कलेजोमा चोट लागेका पाकिस्तानका अहसन राजा मैदानमा हुनेछन् । त्यतीबेला उनी रिजर्भ अम्पायर थिए। 

२००९ मार्च ३ मा गद्धाफी रंगशाला नजिक श्रीलंकाली टोली चढेको बसमाथि भएको हमलामा ८ जनाले ज्यान गुमाएका थिए भने ८ जना घाइते भएका थिए । उक्त घटनापछि कुनै पनि ठूलो टोलीले पाकिस्तानको भ्रमण गरेको छैन।

८ वर्ष पछि क्रिकेटका ठूला राष्ट्रमध्ये पाकिस्तान भ्रमण गर्ने श्रीलंका पहिलो टोली बनेको छ । आइतबार श्रीलंकाले तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलका लागि पाकिस्तान भ्रमण गर्न लागेको हो । यसअघिका दुई खेल युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको थियो । पाकिस्तान सुपर लिग र विश्व–११ विरुद्ध पाकिस्तानको खेल सफलतापुर्वक सम्पन्न भएपछि श्रीलंकाले भ्रमण गर्न लागेको हो।

‘श्रीलंकाली टोली लाहोर फर्किन लागेको खेलमा अम्मायर हुन पाउनु मेरा लागि ठूलो सम्मान हो,’ तालिवानी आक्रमणमा परी घाइते भएका अम्पायर राजाले भने, ‘यो भ्रमणले पाकिस्तानमा क्रिकेट फर्काउन ठूलो भूमिका खेल्नेछ।’

प्रकाशित: १२ कार्तिक २०७४ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App