१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलको ‘मासिक भ्वाइस प्याक’ २ सय रुपैयाँमा

काठमाडौं– एनसेलले प्रिपेड ग्राहकका लागि ‘मासिक भ्वाइस प्याक’ अफर ल्याएको छ। आफ्ना ग्राहकलाई सुलभ शुल्कमा भ्वाइस सेवा दिन कम्पनीले यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ।

उक्त योजनाअन्तर्गत ग्राहकले २ सय रुपैयाँमा ४ सय मिनेट अननेट टक टाइम खरिद गर्न सक्ने कम्पनीले बताएको छ। करसहित ५० पैसा प्रतिमिनेटका दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सकिने यो अफरले ग्राहकको मन जित्ने कम्पनीको दाबी छ ।

मासिक भ्वाइस प्याक सोमबारदेखि स्थायी रुपमै लागू हुने र एनसेलका सबै प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गर्नसक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आइभिआरमार्पmत यो सेवा सुचारु गर्न १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ। ग्राहकले २०० टाइप गरी १७११८ माएसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सकिने एनसेलले जनाएको छ।

‘हाम्रा प्रिपेड ग्राहकका लागि प्रतिमिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाइस प्याक ल्याउन पाउँदा निकै हर्षित छौं,’ एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्घताअनुरुप यो प्याक अफर ल्याइएको होे।’

 

प्रकाशित: १७ श्रावण २०७३ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App