१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा एक्ली महिला उम्मेदवार बजिमय

खोटाङ– प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा एक महिलाले मात्र चुनावी मैदानमा उत्रिने अवशर पाएकी छन्। आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसकातर्फबाट सरस्वती बजीमय प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् । कांग्रेस, एमाले–माओबादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेद्वारमध्ये बजीमय एक्ली महिला उम्मेद्वार हुन्।

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागीताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेको छ । निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि ९ उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । हरेक अवसर पुरुषले लिने परम्पराकाबीचमा बजीमयले टिकटमा बाजी मारेकी हुन् । उनको वाम गठबन्धनका उम्मेद्वार विशाल भट्टराईसँग कडा प्रतिष्पर्धा हुने बिश्लेषण छ । प्रतिशतका हिसावले यो संख्या नगण्य हो । प्रतिनिधिसभा सदस्यमा बजीमयले टिकट पाए पनि प्रदेशसभामा कुनै पनि दलले महिलालाई बिश्वार गरेनन् । दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवशर आउँदा भने पाखा लगाइँदा महिला नेतृ असन्तुष्ट छन्।

कांग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनितीमा प्रवेश गरेकी बजीमय २०७० सालमा खोटाङबाट समानुपातिक सभाषद बनेकी थिईन्। महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला बिभागको केन्द्रीय सदस्य लगायतको भूमीका निर्वाह गरिसकेकी बजीमय देशमा व्याप्त अन्याय, अत्याचार र थिचोमिचोलाई रोकेर संबृद्ध राष्ट्र बनाउने एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएकी हुन् । उनले परनिर्भरता तोड्दै देश र जनतालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउने र भ्रष्टाचारमुक्त देश बनाउने सपना बोकेको बताउँछिन् । ‘महिलामाथि हुने लैंगीक बिभेद अन्त्या गरेर पुरुष बराबरको अधिकार स्थापित गर्ने मेरो लक्ष्य छ,’ त्रि–चन्द्र कलेजबाट बिए उत्तिर्ण बजीमयले भनिन्, ‘महिलाले केही गर्न सक्दैन भन्ने टिकाटिप्पणी भइरहन्छन् । महिला उम्मेद्वारलाई चुनावी कार्यक्रम गर्दै हिँड्न अप्ठ्यारो पनि छ । त्यही पनि मैले हिम्मत गरेकी छु ।’

प्रकाशित: ११ कार्तिक २०७४ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App