१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माल्दिभसमा साउथ एसिया ट्राभल्स मेला सुरु, नेपालबाट २० होटल सहभागी

माल्दिभस- माल्दिभसको पर्यटकीय क्षेत्र अडु सिटीमा साउथ एसिया ट्राभल्स मेला सुरु भएको छ। समुन्द्र किनारामा रहेको उक्त सिटीमा साउथ यसियाका होटल व्यवसायी, ट्राभल एजेन्ट र पर्यटन व्यवसायीहरु सहभागी भएका छन्।

साथै आज नै साउनथ एसिया टसाथै आज नै साउनथ एसिया ट्राभल्स अवार्ड (साटा) समेत वितरण गरिने आयोजकले जनाएको छ। नेपालबाट प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशमा परेका हुन्। 

साउथ एसिया ट्राभल्स अवार्ड नेपाल तर्फको संयोजक रजत सरायोगीले साटा अवार्डमा होटल अन्नपूर्ण, होटल सांग्रीला काठमाडौं, सांग्रीला रिसोर्ट पोखरा, होटल मलवेरी, टेम्पल ट्रि, डालिया पोखरा, जगतपुर लज,  बाराही पोखरा ,बाराही चितवन, होटल मनास्लु, नेपाल फ्रेन्डस होटल लगाएतका साना देखि पाँच तारे होटलहरु नोमिनेसमा परेको बताए।

‘साउथ एसियामा दोस्रो पटक यो अवार्ड हुँदैछ । यसका लागि श्रीलंका, माल्दिभस, भारत, नेपाल र भूटानका पाँच सय होटलबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालबाट २० वटा होटल नोमिनेशमा पर्नु सुखद विषय हो ।‘ साटा नेपालका संयोजक सरायोगिले भने,‘हामीले काठमाडौंमा विभिन्न होटलको प्रिजेन्टेसन गरायौं । होटलको प्रिजेन्टेसनका आधारमा होटलहरु नोमिनेस गरका हौं।’

माल्दिभसस्थित अडुसिटिको इक्वेडेरियल भिलेज रिसोर्टमा शुक्रबारदेखि उक्त कार्यक्रम भइरहेको छ । अवार्डका लागि पाँच वटै देशका नोमिनेशमा परेका होटलका प्रिजेन्टेशन माल्दिभसमा भइरहेको छ । 

साउथ एसिया ट्राभल्स अवार्डमा होटल व्यवसायीहरुको अकुपेन्सि, प्रोपर्टी, सुविधाको आधारमा  उक्त अवार्ड वितरण हुने छ। विशेषगरी बुटिक होटल, सिटि होटल, विजनेस होटल, लक्जरी होटल, होटल एण्ड एक्स्पा लगात २९ वटा विद्यामा नोमिनेश भएका होटलहरुबीच प्रतिस्पर्धा हुनेछन्।

साउथ एसियाको पर्यटकीय होटललाई व्यवस्थित र पर्यटनका लागि अझ शसक्त बनाउने उदेश्यका साथ साटा अवार्ड आयोजना गरिएको  हो।

पेप्पर प्रिजेन्टेसन र प्रोपर्टीको आधारमा ६० प्रतिशत

नोमिनेशमा परेका होटलहरुको विगत, वर्तमान र आगामी योजनाका आधारमा तयार पारिएको पेप्पर प्रिजेन्टेसन पहिलो मूल्याङकन हुने छ । होटलले गरेका सामाजिक उत्तरदायित्वको अवस्थालाई समेत मूल्याङकन गरिने छ । होटलले आन्तरिक र बाह्य  रुपमा फोहोर मैला व्यवस्थापन, वातावरण संरक्षणमा गरेका अभियान, स्थानीय स्रोत साधन प्रयोगका विषय समेत निर्णायक मण्डलले मूल्याङकन गर्ने छन् । होटलको वर्गीकरण अनुसार सेवा प्रदानको विषयमा समेत  अध्ययन हुने छ ।  यस्तै, प्रोपर्टी कहाँ कति छ। यसको सदुपयोग समेत अध्ययन गरिने छ। 

 

 

 

 

प्रकाशित: ११ कार्तिक २०७४ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App