यसरी बचाैँ स्तन क्यान्सरबाट

शनिबार, ११ कार्तिक २०७४, १० : ३५ नागरिक

डा. गणेश दंगाल

विश्वमा स्तन क्यान्सर हरेक आठ महिलामध्ये एकजनामा पाइएको छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत यसैले गराउँछ। क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ। 
स्तन क्यान्सर मुख्यतः महिलामा हुन्छ। यो रोग पुरुषको दाँजोमा महिलामा एक सय गुणा बढी हुन्छ । स्तन क्यान्सर अमेरिका, युरोप तथा ल्याटिन अमेरिकाभन्दा एसिया तथा अफ्रिकामा कम मात्रामा देखिएको छ । नेपालका ठूला अस्पतालमा स्तन क्यान्सरका बिरामी बढिरहेको तथ्यांकले देखाउँछ । प्रायः बिरामी ढिलो गरी आउने भएकाले रोगको पहिचान हुँदासम्म यो फैलिसकेको हुन्छ।

सुरुको अवस्थामा पत्ता लगाई छिटै उचित उपचार गराए स्तन क्यान्सर निको हुन सक्छ । फैलिसकेको अवस्थामा भने उपचारपछि पनि रोग पूर्णरूपले निको नहुन सक्छ। 

स्तनमा कुनै गाँठागुँठी आएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । समयमै रोग पत्ता लागे उपचार सहज हुन्छ । ढिलो गरे उपचार असफल भई ज्यानै समेत जान सक्छ।

स्तन क्यान्सर प्रायः उमेर ढल्किसकेका, अनुवांशिक खराबी भएका, सन्तान नपाएका, ढिलो सन्तान जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्ष अघि), ढिलो महिनावारी सुकेका (५५ वर्षपछि), ज्यादै मोटी, इस्द्रोजन सेवन गर्ने, अत्यधिक मद्यपान र धूमपान गर्ने तथा गोरा महिलामा पाइने गरेको छ । स्तन क्यान्सरसम्बन्धी केही तथ्य यस्ता छन् : 
– २५ वर्षभन्दा कम उमेरका महिलामा यो क्यान्सर बिरलै मात्र पाइएको छ । कसैकसैमा पारिवारिक ( अनुवांशिक) कारण कम उमेरमै पनि यो रोग लाग्न सक्छ । ८० प्रतिशतभन्दा बढी  स्तन क्यान्सर ५० वर्षमाथिका महिलामा पाइएको छ।

– एउटा स्तनमा क्यान्सर भए अर्कोमा पनि हुने सम्भावना बढी हुन्छ । स्तन क्यान्सरको उत्पत्ति एउटै स्तनको एकै ठाउँ वा विभिन्न ठाउँमा वा दुवै स्तनमा एकैपटक पनि हुन सक्छ।

– आनुवांशिक खराबीका कारण यो रोग परिवारका दिदीबहिनीमा तथा सानै उमेरमा एक पिँढीपछि अर्को पिँढीमा देखापर्ने गर्छ । स्तन क्यान्सरको खतरा रहेका महिलामा डिम्बासयको क्यान्सर पनि बढी मात्रामा पाइएको छ ।
– स्तन क्यान्सर अन्यत्र फैलँदा प्रायः हड्डी, फोक्सो, कलेजो, डिम्बासय र स्नायु प्रणालीमा पुग्छ। 

स्तनमा गाँठागुँठी देखापर्नु, आकार परिवर्तन हुनु, मुन्टोबाट तरल पदार्थ आउनु, छालामा घाउ हुनुलगायत स्तन क्यान्सरका लक्षण हुन् । तर, स्तनमा दुखाइ भने हुँदैन।

पहिचान र निदान  
स्तनको परीक्षणः आफैँले वा डाक्टरले हातको पन्जाले छामेर स्तनमा गाँठागुँठी भए÷नभएको पत्ता लगाउन सकिन्छ ।
म्यामोग्राफीः यो विशेष एक्स–रे विधि हो । यसले स–साना स्तन क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ । करिब २० प्रतिशतजति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिबाट पत्ता लगाउन सकिँदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँ पहिचान गर्छ र त्यस्ता ठाउँबाट ‘साइटोलोजी’ तथा ‘बायोप्सी’ जाँच गर्न सकिन्छ।

फाइन निडल एस्पिरेसन साइटोलोजी (एफएनएसी) स् गिर्खा निस्केको शंकास्पद ठाउँबाट यो विधिद्वारा नमुना लिएर जाँच गरेमा ९८ प्रतिशत सक्षमताका साथ सही परिणाम आउँछ । यो विधिद्वारा जाँच गर्दा क्यान्सर भएका कोष देखिएनन् भने क्यान्सर हुने सम्भावना न्यून हुन्छ । जाँचको नतिजा ‘पोजेटिभ’ वा शंकास्पद आएमा भने ‘बायोप्सी’द्वारा नै किटान गर्नुपर्छ ।

बायोप्सी जाँच : स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकेर परीक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानका लागि ज्यादै भरपर्दो र उपयोगी छ ।

रोकथाम 
मद्यपान तथा धूमपान नगर्ने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने बानी बसाल्ने, खानामा बोसोको मात्रा कम गर्ने, रेसादार खाना खाने, सधैँ शारीरिक रूपमा तन्दुरुस्त रहने तथा मोटोपन घटाउने, इस्द्रोजन हर्मोन ज्यादा सेवन नगर्ने तथा कीटनाशक ज्यादा प्रयोग नगर्ने।
२५ वर्ष उमेर नाघेका महिलाले बेलाबेला आफैँले आफ्नो स्तन छामेर गाँठागुँठी भए÷नभएको जाँच गर्ने साथै सबै चिकित्सकले उपचारका क्रममा महिलाको हकमा स्तनको गाँठागँुठीबारे सोधपुछ तथा परीक्षण गर्ने ।
स्तन क्यान्सरको पारिवारिक अनुवांशिक इतिहास भएकाले नियमित ‘म्यामोग्राफी’ गराउने तथा उच्च सतर्कता अपनाई चिकित्सकको सामयिक निगरानीमा रहने।
स्तन क्यान्सरबारे चेतनामूलक जानकारी सबैलाई उपलब्ध गराउने।
उपचार विधि
स्तन क्यान्सर लागिसकेपछि अपनाउने विधिमा शल्यचिकित्सा (अपरेसन), विकिरण पद्धति (रेडियसन थेरापी) हर्मोनल थेरापी, केमोथेरापीलगायत पर्छन् । रेडियसन थेरापी प्रायः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिका रूपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउँमा फैलिए सामान्यतः केमोथेरापीको प्रयोग गरिन्छ।

स्तन क्यान्सर भयानक रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाए उपचारपछि निको पार्न सकिन्छ । साथै, रोकथामका विभिन्न उपाय अपनाएर यो रोग लाग्नबाट बच्न सकिन्छ।
(लेखक स्त्रीरोग तथा प्रसूति विशेषज्ञ हुन् ।)  








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad