१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिशुली नदीमा बस खस्यो,  तीनको मृत्यु

धादिङ – धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा बस दुर्घटना  हुँदा ३ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो। 

प्रहरीका अनुसार राजविजराजबाट १५ जना बोकेर आएको ना ४ ख १४६६ नम्बरको  बसको यात्रुलाई हेटौंडाबाट सोही कम्पनीको ना ४ ख १४६७ नम्बरको बसमा यात्रुलाई सारिएको थियो भने हेटौँडााबाट ३५ जना यात्रु थपिएका थिए। 

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टोली परिचालित छन् । नदी गहिरो भएको र बस खोचमा झरेका कारण उद्धार कार्य प्रभावित बनेको प्रहरीले जनाएकाे छ। 

दुर्घटनास्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरुमध्ये २ जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको छ भने १३ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रकाशित: ११ कार्तिक २०७४ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App