१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अनमोलका नेक्स्ट हिरोइन अदिती

काठमाडौं- अभिनेता अनमोल केसी र मोडल अदिती बुढाथोकी ‘कृ’ नामक नयाँ फिल्ममा अनुबन्धित भएका छन्। निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको ‘कृ’ फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुनेछ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई अभिनेता भुवन केसी र सुवास गिरीले संयुक्तरुपमा तयार गर्न लागेका हुन्। मोडलिङमा सक्रिय मोडल बुढाथोकी हाल: मुम्बईमा रहेर मोडलिङसम्बन्धी काममा क्रियाशील छिन्। उनी अडिसनबाट ‘कृ’को लागि छनोट भएकी हुन्।

 

त्यस्तै अभिनेता अनमोलको पाँचौं फिल्म ‘कृ’को लागि २० लाख पारिश्रमिक लिएका छन्। ‘यो फिल्मको कथावस्तु दर्शकले मन पराउने छन् भन्नेमा आशावादी छु। त्यसैले फिल्मको सुरुवातदेखि स्क्रिप्टमा मेहेनत गरिरहेको छु,‘ निर्देशक पौडेलले भने।

‘होस्टल’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेको अभिनेता अनमोलले ‘जेरी’, ‘गाजलु’ र ‘ड्रिम्स’ फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: १७ श्रावण २०७३ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App