१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं १ मा शम्भु थापालाई उम्मेदवार बनाउने एमालेको तयारी

काठमाडौं-  काठमाडौं क्षेत्रनम्वर १ बाट वाम गठवन्धनले बरिष्ठ अधिवक्ता शम्भु थापालाई टिकट दिने तयारी गरेको छ। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका थापाले भने आफुले जित्ने अवस्थामा मात्र उठ्ने भन्दै निकटवर्ती कानुनव्यवसायी तथा एमाले नेता कार्यकर्तालाई बताउने गरेका छन्।

सुत्रहरुका अनुसार थापासँग एमालेका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले हिजोदेखि लगातार थापाको उम्मेदवारीका विषयमा छलफल गरिरहेका छन्।

'अनुरोध गरेको हो तर उहाँले जवाफ दिइसक्नु भएको छैन। आफु जित्न सक्ने अवस्था छ छैन परिस्थितिको विष्लेशण गरेको छु भन्नुभएको छ', थापा निकट एक कानुनव्यवसायीले बताए। थापाले सबै तथ्याङक र परिस्थितिको विष्लेशण गरिरहेको बताउँदै ति कानुनव्यवसायीले चाँडैनै थापाबाट निर्णय आउने दावी गरे।

उक्त क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रकासमान सिंह र विवेकसिल साझाबाट रविन्द्र मिश्र चुनाव लड्दैछन्। थापाले पहिलो संविधान सभामा उदयपुरबाट उम्मेदवारी दिएता पनि पराजित भएका थिए।

प्रकाशित: १० कार्तिक २०७४ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App