१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलामा बगेर दुईको मृत्यु, दुई बेपत्ता

काठमाडौं–काठमाडौँ महानगरपालिका–३५ नरेफाँट नजिकैको खोलामा बगेर एक बालकको मृत्यु भएको छ। रामेछाप गाठेगाउँ–२ घर भएका केशव कठायतको ४ वर्षीय छोरा कुशल कठायतको मृत्यु भएको हो । आइतबार खेल्ने क्रममा खोलाले बगाएका बालकलाई ललितपुर बालकुमारी पुल नजिक स्थानियबासिन्दा र प्रहरीले उद्धार गरी बि एण्ड बि अस्पताल लगेकोमा  उपचारको क्रममा मृत्यु भएको थियो ।

बारा बसतपुर–९ बस्ने ३५ वर्षीय रामानन्द महतो नुनियाको सोही ठाउँ स्थित पूर्वी गण्डक नहरमा आइतबार नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । त्यस्तै    कञ्चनपुर बेलौरी नगरपालिका–१२ बस्ने ४० वर्षीय राजेन्द्र भट्ट आइतबार खैरीघाट बजारबाट घरतर्फ आउदा कमेरीखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।

सलार्ही रानिगन्ज–४ घर भएका २२ वर्षीय श्यामबाबु महतो आइतबार रौतहट चन्द्रनगर नगरपालिका नुनथर मन्दिरस्थित बाग्मति नदिमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएका छन् ।

प्रकाशित: १७ श्रावण २०७३ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App