१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

म्यादी प्रहरी छानिए

सिन्धुली- आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी छनौट गरेको छ। कडा प्रतिस्पर्धाबीच म्यादी प्रहरीमा सिन्धुलीबाट ११ सय ८१ जना छनौट भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ।

२६ सय २९ जनाको आवेदन परेपछि प्रहरीले प्रहरी जवानमा पार गर्नुपर्ने पारम्भिक प्रक्रिया सबै पुरा गरि छनौट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए । एसपी केसीका अनुसार म्यादी प्रहरी बन्न पारम्भिक बेरिङ जाँच दौड, सेटअप,पुसअप, लिखित तथा स्थास्थ्य परिक्षण सहित अन्र्तबार्ता जस्ता कडा प्रक्रिया पारि गरि छनौट भएका हुन् । छनौट भएका मध्ये धेरैजसो स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भई सकेका छनौट भएका छन् । जिल्लाबाट छनौटमा पर्ने म्यादी प्रहरी मध्ये तीन सय अनिवार्य महिला चाहिने भएपनि तीन सय ६५ जना महिलालाई छनौट गरिएको प्रहरीले जनाएको छ । केहि अन्तिम नतिजामा नाम प्रकाशित भएको भएपनि तालिममा सहभागि नहुने कोहि विचमै छाड्ने समस्या आउने भएकाले केहि बढी महिलाहरुलाई पास गराइएको एसपी केसीले जनाए । बाकी भने पुरुष रहेका छन्।

          शुक्रबार अन्तिम नतिजा प्रकाशित गरिएको र १२ गतेबाट तालिमको सुरुवात गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुराना म्यादीलाई छोटो समयमात्रै तालिम दिइने र नयाँलाई भने दुई साता तालिम दिइनेछ । जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालयहरुमा खटाई तालिम गराईने जिल्ला प्रहरी कार्यालयले योजना बनाएको एसपी केसीले जनाए । ५५ दिनका लागि छानिएका म्यादी प्रहरीले प्रहरी जवान सो सरह तलब रासन खर्च पाउनुका साथै थप केहि भत्ता उपलब्ध हुने प्रहरीले जनाएको छ।

         

         

प्रकाशित: १० कार्तिक २०७४ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App