१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पति–पत्नी नै उम्मेदवार

जुनकुमारी रोका र तेजबहादुर ओली

रुकुम – पूर्वसांसद जुनकुमारी रोका रुकुम (पूर्व) बाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट समानुपातिक बन्दसूचीमा परेकी छिन् भने उनका पति तेजबहादुर ओली माओवादीबाटै प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन्।

जुनकुमारी २०६४ सालमा तत्कालीन रुकुम निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन्।

यसपकट एमाले–माओवादी गठबन्धले सोचेजस्तै नतिजा प्राप्त गरे मन्त्रीसम्म बन्ने दाउमा जुनकुमारी छिन् । रुकुम माओवादीको प्रभाव क्षेत्र भएकाले जित सुनिश्चित भएको उनले बताइन्। 

जुनकुमारीका पति ओली यस क्षेत्रमा पार्टी इन्चार्ज छन् । स्थानीय तहको चुनावमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेका ओली कूटनीतिक र रणनीतिक नेताका रुपमा परिचित छन्।

पार्टी र समाजले आफूहरूलाई रुचाएकाले राजनीतिमा सफल भएको उनीहरूको भनाइ छ । निरन्तर आन्दोलन, जनताको सेवाले नै आफूहरू उम्मेदवारका लागि योग्य भएको ओलीले बताए । ‘अविचलित भई पार्टीमा काम गर्दा सफल भइँदोरहेछ’ उनले भने, ‘यो हाम्रो मेहनतको पहिलो खुट्किला पनि हो ।’ अहिले दुवैजना चुनाव प्रचारप्रसारमा छन् । ‘हामी श्रीमान् श्रीमतीभन्दा इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ता भएकाले उम्मेदवार भएका छौं’ ओलीले भने, ‘हामी दुवैजनाको त्याग तपस्या र लगानी पार्टीले बुझेको छ ।’ जुनकुमारीले थपिन्, ‘लामो समयदेखि पार्टीमा इमानदार भएर काम गरेका थियौं । त्यसैको मूल्यांकन पार्टीले गरेको छ ।’ यो उम्मेदवारीलाई पारिवारिकभन्दा पार्टीगत रुपमा हेर्नुपर्ने उनको भनाइ छ।

दुवै जना माओवादी सशस्त्र संघर्षका बेला सक्रिय भएर काम गरेका थिए। उनीहरूले २०५३ सालमा जनवादी विवाह गरेका थिए । जुनकुमारी मगर खामभाषिक समुदायकी हुन्।

प्रकाशित: १० कार्तिक २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App