१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : दाहाल

काठमाडौं–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताएका छन्।

लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गर्नुभयो । उहाँले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए।

'अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ', उनले भने।

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरे।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशिल अवधारणासहित पन्तले पुस्तक लेखेको बताए।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रबामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राखे। कुल ५५८ पृष्ठको सो पुस्तक सो अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित रहेको छ।
 

प्रकाशित: ९ कार्तिक २०७४ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App