१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पालमा रात काट्दै बाढी पीडित

सप्तरीको कोबर्साइन गाविस स्थित कोसी पश्चिमी तटबन्ध छेउमा नेपाली सेनासँगको सहकार्यमा रेडक्रसले लगाएको टेन्टमा बाढी पीडित।

राजविराज-सप्तरीको कोबर्साईन गाविसका झण्डै एकसय परिवार अझै पनि कोसी पश्चिमी तटबन्ध छेउमा लगाईएको रेडक्रसको क्याम्पमा बस्न बाध्य छन् । महिला बालबच्चासहित झण्डै ५ सय जति बाढी पीडित पछिल्लो एकसाता देखि उक्त क्याम्पमा बस्दै आएका हुन् ।

‘राति पानी पर्यो भने विहानैदेखि डुवानको त्रास हुन्छ’ स्थानीय जगदेव मण्डलले भने, ‘कतिपयको घर भत्किएर बस्न लायक छैन् ।’ गत साउन ८ गते खाँडो र जिता खोलामा आएको बाढीका कारण कोबर्साईन गाविस डुवानमा परेका हो ।

गत साउन ८ गते खाँडो र जिता खोलामा आएको बाढीका कारण कोबर्साईन गाविस डुवानमा परेका हो ।

अबिरल बर्षासँगै खाँडो नदीमा पछिल्लो एक दशक यताकै उच्च बहाब आएको तथा सिमापारी भारतीय बाँधका कारण पानी थुनिएकोले कोबर्साईन सहित दक्षिणी भेगका आधा दर्जन गाविस डुवानमा परेका हुन् । ‘बाढीले हाम्रो विजोग भएको छ’, टेन्टमा दिन विताईरहेकी सिता खंगा खत्वेले भनिन्, ‘सम्पत्तिको नाममा एउटा घर थियो, त्यो पनि बाढीले बगाई दिएपछि टेन्टमै बस्नु पर्ने बाध्यता भएको छ ।’

आफू जस्ता सयभन्दा बढी परिवार टेन्टमा बस्न बाध्य भएको जानकारी गराउँदै उनले भनिन्, ‘सरकारले हालसम्म च्युरा, मुरही भन्दा बढी केहि दिन सकेको छैन ।’ शनिवार सैनिक श्रीमति संघले केहि खाद्यान तथा लत्ता कपडा वितरण गरेको बताउँदै खंगले सैनिक परिवारले लत्ता कपडा उपलब्ध गराएपछि खासगरी महिलाहरुका लागि अलि सहज भएको बताईन् ।

प्रारम्भीक तथ्यांक अनुसार झण्डै तीन हजार बाढीका कारण स्थिापित भएका जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकमा छ ।

प्रारम्भीक तथ्यांक अनुसार झण्डै तीन हजार बाढीका कारण स्थिापित भएका जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकमा छ ।

बाढीले तिलाठी गाविसको सयौ विघा जग्गा डुवानमा परेपछि यहाँका पनि किसानहरुको बिच्चली भएको छ । बाढीले ल्याएको वालुवा माटोले पुरिएर किसानहरुले लगाएको धानवाली नष्ट पारेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार तथा राहत ब्यवस्थापन समितिले हालसम्म बाढीपीडितहरुको लगत संकलनको काम जारी राखेकाले अनुमानित आँकडा अनुसार चार हजार परिवारका १५ हजार मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

 

प्रकाशित: १७ श्रावण २०७३ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App