१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाको प्रचार भएन: जर्मन राजदूत

काठमाडौं – नेपालका लागि नवनियुक्त जर्मनीका राजदूत रोलान्ड सेफरले नेपालको शान्ति प्रक्रिया विश्वलाई नै चकित पार्ने खालको भए पनि यसको उचित प्रचारप्रसार हुन नसकेको बताएका छन्। शान्ति प्रक्रिया पूर्ण रूपमा टुंगिनसके पनि हालसम्म नेपालले प्राप्त गरेको सफलता विश्वकै लागि नमुना बन्नसक्ने उनले जनाए।

‘नेपाल दस वर्षअघि जुन अवस्थामा थियो आज दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया त्यही अवस्थामा छ । पछिल्लो १० वर्षमा नेपालले गरेको यात्रा विश्वलाई नै चकित पार्ने खालको छ,’ केही सञ्चारकर्मीसँग आफ्नै निवासमा कुराकानी गर्दै राजदूत सेफरले भने, ‘शान्तिप्रक्रियामार्फत नेपालले जुन सफलता हात पारेको छ त्यो विश्वका लागि अनुपम उदाहरण बन्न सक्छ । तर यसको जुन किसिमले प्रचारप्रसार हुनुपथ्र्यो त्यो हुन सकेको छैन ।’

सरकार र माओवादीबीच शान्तिसम्झौता भएपछिको १० वर्षको अवधिलाई नेपालको महŒवपूर्ण राजनीतिक कालखण्ड बताउँदै उनले यस अवधिमा नेपालले थुप्रै उपलब्धि प्राप्त गरेको जनाए । नेपालको शान्ति प्रक्रियाले प्राप्त गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन जर्मनीले सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

‘शान्ति प्रक्रिया जारी छ र यो तत्काल टुंगिँदैन पनि । तर अब नेपालले शान्ति प्रक्रिया बाँकी कार्य र विकासका गतिविधिलाई सँगसँगै अघि बढाउनुपर्छ,’ राजदूत सेफरले भने । निर्वाचनपछि बन्ने नयाँ सरकारले लोकतन्त्र मजबुत पार्ने कार्य र अन्य विकासका गतिविधिलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा उनको थियो ।

जनता–जनताबीचको सम्बन्ध विस्तार, व्यापार प्रवद्र्धन र नेपालको शान्ति प्रक्रियाको प्रवद्र्धन जस्ता तीन उद्देश्य लिई आपूm नेपाल आएको उनले स्पष्ट पारे । उनले शान्ति प्रक्रिया र विकासका गतिविधि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका थिए । ‘विगतका मुद्दा सम्बोधन हुनुपर्छ । थाती राखेर जाने हो भने त्यसले पछि आफैंलाई हिर्काउँछ,’ उनले भने ।

केही पश्चिमा देशमाथि नेपालमा धर्म परिवर्तनजस्ता कार्य गरेको आरोप लागेको छ नि ? भनी सोधिएको प्रश्नमा उनले यस्तो कार्य कसैले गरेको भए त्यो प्रत्युत्पादक हुने बताए । युरोपेली संघ (इयू) लाई नयाँ ‘एक्टर’ का रूपमा जर्मनीले अघि बढाउन चाहेको उनले बताए । इयूमार्फत पनि जर्मनीले नेपाललाई सहयोग गर्दै आएको र गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित: ८ कार्तिक २०७४ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App