वर्षात अघि भूकम्प पीडितलाई दोस्रो चरणको रकम उपलब्ध गराइने

मङ्गलबार, ०७ कार्तिक २०७४, १५ : ०७ नागरिक

काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन्।

प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म हामी पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे। पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् शुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाडिने प्रतिबद्धता व्यक्त गरे।

पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उनले भने, “प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामा छ,।” कानून निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै उनले भने, “धरहरा, बालगोपाल मन्दिर, वसन्तपुर दरबारलगायतका महत्वपूर्ण पुरातत्विक संरचनाको पुनःनिर्माणमा विशेष ध्यान दिनेछु, त्यसका लागि आर्थिक स्रोत जुटाउने छु।”

विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनानुसार विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट आठ हजार ७९० को मृत्यु तथा २२ हजार ३०० घाइते भएका थिए । त्यसबाट ३१ जिल्लाका करिब ८० लाख जनता विस्थापित भएका थिए । रासस
 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad