१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले नेताको उम्मेदवारी फिर्ता नलिने अडान

जाजरकोट – वाम गठबन्धनको तालमेली विपरीत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नहुने अडान लिएका छन् । माओवादी र एमालेका  नेताहरुको कार्यदलले गरेको निर्णय अनुसार उम्मेदवारी दिएको जानकारी एमालेको तर्फबाट प्रदेश सभाको लागि क्षेत्र नम्बर १ का उम्मेदवारी दिएका नीरज आचार्यले बताए ।  
‘पाटीको निर्णयअनुसार उम्मेदवारी दिएको हुँदा फिर्ता हुने सम्भावना छैन्,’उनले भने । एमालेका गोविन्दविक्रम शाहले भने वाम गठबन्धनको विपरितमा प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् । गठबन्धन अनुसार प्रदेश सभाका दुई सिट एमाले र प्रतिनिधि सभामा माओवादीका शक्तिबहादुर बस्नेतले उम्मेदवारी दिने सहमति भएको थियो ।
प्रदेश सभामा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले उम्मेदवारी दिएपछि असन्तुष्ट बनेका एमालेका नेताहरुले  पार्टी केन्द्रिय समितिको निर्देशनमा दिएको उम्मेदवारी फिर्ता गर्न नसकिने बताउँदै आएका छन् । जाजरकोटको बाम गठबन्धनको तालमेल मिलाउनका लागि केन्द्रमा नेताहरुका विचमा छलफल भइरहेको  माओवादी केन्द्रका तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर १ का उम्मेदवार गणेशप्रसाद सिंहले बताए ।

प्रकाशित: ७ कार्तिक २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App