१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन सुरक्षाकाे लागि सशस्त्र प्रहरी परिचालन

नुवाकोट – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न सुरू गरेको हो ।

सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन गराउन निर्वाचन सुरक्षा बेशका रूपमा सशस्त्र प्रहरीको टोली परिचालन भएका हुन् । यस टाेली यसअघि वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन पहिलोपटक नुवाकोट आएको थियो ।


जिल्लामा सशस्त्र प्रहरीको स्थायी युनिट नहुँदा निर्वाचन सुरक्षामार्फत सेवा पुर्याउने सशस्त्र प्रहरीको भूमिका स्थानीय तहको निर्वाचनमा प्रभावकारी भएकाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पनि शान्तिपूर्णपमा सम्पन्न गर्न परिचालन हुने प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताए ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App