१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु, ८ घाईते

अर्घाखाँची- अर्घाखाँचीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सन्धिखर्कको जगात ढाँडखोलामा आज दिउँसो लु १ च ६७६६ नम्बरको गाडी पल्टँदा वाङ्गेमरोठ  प्यूठानकी ३३ बर्षकी शारदा के.सी.को घटना स्थलमै ज्यान गएको हो।

घटनामा गुल्मी  मदाने गाउँपालीका ६ पूर्कोटका दिलबहादुर श्रेष्ठ,रुपन्देही बुटबल बेल्बासकी राधा थापा,गाडीचालक धुर्कोट ७ गुल्मीका बिक्रम घर्ती, मदाने गाउँपालीका ६ पूर्कोट गुल्मीकी बर्ष १० की बर्षा के.सी. उनका १३ बर्षका दाजु सागर के.सी., मदाने गाउँपालीका ६ पूर्कोटकै बर्ष १२ का निराजन थापा,बर्ष १३ का निर्माण थापा, हाडहाडे गुल्मीका बर्ष १७ का बिक्रम श्रेष्ठ घाइते भएका छन्।

घाईतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि अञ्चल अस्पताल बुटबल पठाईएको छ। घाईतेमध्ये २ जनाको अबस्था गम्भिर रहेको जिल्ला अस्पताल सन्धिखर्कका मेडिकल सुपरीटेन्डेन डा. जगन्नाथ तिबारीले बताए । गंभिर अबस्था हुने घाईतेमा मदाने गाउँपालीका ६ पूर्कोटका दिलबहादुर श्रेष्ठ र रुपन्देही बुटबल बेल्बासकी राधा थापा छन्।

गुल्मीको पूर्कोटदह बाट बुटबल रिजर्व जाँदै गरेको लु १ च ६७६६ नम्बरको डबल क्याप जिप सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड सन्धिखर्क ६ को जगात ढाँडखोलामा सडक बाट करीब ५ सय मिटर तल खोलामा खसेको थियो । गाडी द्रुतगतिमा भएका कारण दुर्घटना भएको स्थानीय बासीन्दाको भनाई छ । दुर्घना बारे छानबिन भैरहेको प्रहरीले बताएको छ।

अर्घाखाँचीमा पटक पटक सबारी दुर्घटना हुनथाले पछि स्थानीय बासीन्दा यात्रा गर्न निक्कै डराउन थालेका छन् ।  सबारी चालकले द्रुतगतीमा गाडी चलाउने,गाडी चलाउँदा मोवाइलमा फोनमा कुरागर्ने,क्षमता भन्दाबढी यात्रु राख्ने,चालकले आराम गर्न नपाउने जस्ता कारणले यहाँ पटक पटक सबारी दुर्घटना हुनेगरे पनि सम्बन्धित निकायको ध्यान गएको पाइँदैन।

प्रकाशित: ६ कार्तिक २०७४ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App