१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

सिन्धुली–मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको गोलञ्जोर गाँउपालिका ३ ग्वालटारमा ओखलढुङगाबाट काठमाडौं तर्फ जाँदै गरेको बसले मोटसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।

ओखलढुङगा बाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ४४८० नम्बरको बसले विपरित दिशाबाट आइरहेको बा ७० प ४१८१ नम्बरको मोटसाइकललाई ठक्कर दिदा मोटसाइलक चालक भक्तपुर नगरपालिका ३ बस्ने ४० बर्षिय राजन चगुठीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद शर्माले बताए। उनका अनुसार मोटसाइकलको पछाडी सवार राजनकी ४० बर्षकै श्रीमती रत्ना चगुठी गम्भिर घाइते भई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

 

प्रकाशित: ६ कार्तिक २०७४ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App