१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म्यादी प्रहरीमा मागेभन्दा तीन दोब्बरको आवेदन

धनकुटामा म्यादी प्रहरीको लागि छनौट प्रक्रियामा सहभागीहरु। तस्बिरः सिद्धराज राई

धनकुटा-  प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्। माग संख्या भन्दा तीन दोब्बर भन्दा बढीले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। प्रदेश नं.१ मा १४ जिल्लाहरुका लागि माग भएको १६ हजार ८१८ जना म्यादी प्रहरी प्रहरीको माग रहेको छ।

सरकारले देशभरका लागि माग गरेको ६८ हजार २ सय ६४ जना म्यादी प्रहरीको दरबन्दीमा प्रदेश नं. १ बाट मात्र ४६ हजार ३ सय २ जनाले आवेदन दिएका छन्। यो आवेदन देशभरीबाट माग गरिएको कुल दरबन्दीको ८० प्रतिशत हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी शिवकुमार पोखरेलले दिएको जानकारी अनुसार म्यादीमा आवेदन दिने पुरुषको संख्या ३५ हजार ६ सय ६० र महिलाको संख्या १० हजार ६ सय ४२ रहेको छ।

यो प्रदेशमा सवै भन्दा बढी मोरङ जिल्लामा १०  हजार ७४१ जनाले आवेदन दिएका छन्। मोरङमा ३ हजार १५७ जनाको माग रहेको छ। त्यस्तै ताप्लेजुङ जिल्लामा ६११ जनाको दरबन्दीमा एक हजार ८३ जनाले आवेदन दिएका छन् । पाँचथरमा ८२९ जनाको दरबन्दीमा दुई हजार १८० जनाले, ईलाममा एक हजार २२५ जनाको दरबन्दीमा ३ हजार १३२ जनाले र झापा जिल्लामा २ हजार ७५५ जनाको दरबन्दीमा आठ हजार ८७९ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै संखुवासभा जिल्लामा ९१८ जनाको दरबन्दीमा एक हजार ४५४ जना, तेह्रथुममा ४११ जनाको दरबन्दीमा एकहजार ४ जना, भोजपुरमा ६६५ जनाको दरबन्दीमा एकहजार ७५६ जना, धनकुटामा ८२७ जनाको दरबन्दीमा दुईहजार ३०३ जना र सुनसरीमा दुई हजार १५४ जनाको दरबन्दीमा ७ हजार ४७४ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । सोलुखुम्बु जिल्लमा ८०८ जनाको दरबन्दीमा १०६९ जना, ओखलढुंगामा ५३७ दरबन्दीमा ९७४ जना, खोटाङमा ९८२ जनाको दरबन्दीमा दुईहजार ३४ जना र उदयपुर जिल्लामा ९३९ जनाको दरबन्दीमा दुईहजार २१९ जनाको आवेदन परेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

आश्विन २० गतेदेखि ३० सम्म लिईएको आवेदनमा १८ बर्ष पुरा भएका जवान देखि ५० बर्ष कटेका ब्यक्तिहरुले आवेदन दिएका छन्। यो आवेदनको आधारमा कार्तिक ५ गते देखि प्रदेश नं १ को सवै जिल्लामा म्यादी प्रहरीलाई छनौट गर्ने कार्य सुरु भएको छ। छनौट प्रक्रियामा वजन, उचाई, प्रेसर जाँच संगै ह्याविङ, सेटअप र रनिङको टेष्ट लिने गरेको छ। यी परीक्षा पास गरेका आवेदकलाई मात्रै लिखित परीक्षामा सामेल गराउने गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए। यी बाहेक दुवी, दाज, मुसा शारीरीक अपाङ्गता र सरुवा रोग भएका ब्यक्तिले  आवेदन गरेपनि सुरुवातमै हटाउने गरेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए।

 

 

 

 

प्रकाशित: ६ कार्तिक २०७४ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App