१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा- दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

एमालेबाट टिकट नपाएपछि केसीले आईतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नेकपा मालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका तर्फबाट २०५४का पूर्व जिविस सभापति केसी दोलखा एमाले र जिल्लाको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । २०२८ साल देखी कम्युनिष्ट पार्टीमा सदस्य रहेका केसी पञ्चायतकाल देखी नै कम्युनिष्ट राजनितिमा सक्रिय थिए। २०३६ सालमा ताहचल क्याम्पसको स्ववियु सभापति रहेका उनी २०४२ मा जेल बसेरै जनपक्षिय उम्मेदवारको हैसियतले प्रधानपञ्चमा उम्मेदवारी दिएका थिए ।

बहुदल लगतै राजनितिक दल खुल्ला भए यता तत्कालिन नेकपा माओवादीले दोलखाको  पहिलो जिल्ला पार्टी प्रमुख (सचिव) रहेका केसी २०५४ मा जिविस सभापति बनेका थिए । २०६४ र २०७० मा सांसदमा आकांक्ष राखेपनि उनले एमालेमा टिकट पाएनन।

उम्मेदवारी दर्ता लगतै उनले एमाले भित्र अवसर खोस्ने र खुट्टा तान्ने प्रवृत्तीका कारण आफुले मालेबाट उम्मेदवारी दिएको बताए। ‘एमालेमा निकै पसिना भिजांए’ उनले भने – ‘तर खुट्टा तान्ने प्रवृत्तिले त्यहाँ बस्न नसकेकै कारण मालेबाट उम्मेदवारी दिएको हुं’ । उनले जिविस सभापति हुँदा दोलखामा विकासको ढोका खोलेर आफुले एमालेको ईज्जत जोगाएपनि आफु माथी अन्तर्घात गरेको दाबी गरे।

प्रकाशित: ५ कार्तिक २०७४ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App