१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

रौतहट – मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । 

सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । 

पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो । 

झडपमा संलग्न देवाही राकेश साह, दिनेश साह, बिगनेस साह र माधव नारायण रामप्रवेश मुुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साहमाथि चोरी मुुद्दा र झडपमा संलग्नमाथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिए । 
 

प्रकाशित: ४ कार्तिक २०७४ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App