१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई मतपत्र बनाउन कठिन छः डा. यादव

काठमाडौैं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम कठिन रहेको बताएका छन् । 
निर्वाचन आयोगको चुनावी तयारीमाथि शुक्रबार कुरा गर्दै उनले भने,‘ प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने कामलाई लिएर आयोगले राजनीतिक दलहरूसँग सल्लाह गरिरहेको छ । दुई वटा मतपत्र छाप्ने वा नछाप्ने भन्ने विषय उनीहरुले दिने सुझावका आधारमा हुनेछ,’उनले भने,‘ कम समयमा दुई वटा मतपत्र छाप्न कठिन छ । दुई वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता लगायतलाई पनि ध्यान आवश्यक छ ।’
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको उनले बताए । 

प्रकाशित: ३ कार्तिक २०७४ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App