१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

फ्रान्स र स्विजरल्याण्ड नकआउट चरणमा प्रवेश, अल्बानीयाको सम्भावना कायमै

काठमाडौं- आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ए का खेलमा फ्रान्स र स्विजरल्याण्डले बराबरी खेल्दा अल्बानियाले भने रोमानीयालाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ।

गएराती सम्पन्न खेलमा फ्रान्सले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन र स्विजरल्याण्डसँग गोलरहित बराबरी खेल्यो। यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्स यो बराबरीपछि तीन खेलबाट ७ अकंसहित विजेता बन्दा स्विजरल्याण्ड ५ अकं जोड्दै दोस्रो स्थानमा छ।

त्यस्तै अर्को खेलमा अल्बानीयाले रोमानीयालाई १-० गोलले पराजित गरेको छ। खेलको ४३औं मिनेटमा गोल गर्दै स्किुडाले अल्बानीयालाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र अल्बानीयाले ऐतिहासिक जित हात पार्न सफल भयो।

यस पटकको युरोकपबाट समूह चरणमा तेस्रो स्थानमा रहने टोलीले पनि उत्कृष्टताको आधारमा नकआउट चरणमा प्रवेश पाउने भएपछि तीन खेलबाट ४ अकं जोडेको अल्बानीयाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहेको हो।

 

 

प्रकाशित: ६ असार २०७३ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App