बस व्यवसायीद्वारा उपमहानगरपालिका घेराउ

बुधबार, ०१ कार्तिक २०७४, १९ : ४६ नागरिक

धनगढी – धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित बस बिसौनी आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै कर्णाली रिभर यातायात र मालिका यातायात सम्बद्ध व्यवसायीले बुधबारउपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। 

धनगढी उपमहानगरपालिका–४ बेहंडीमा रहेको बस बिसौनी आफुहरुलाई प्रयोग गर्न नदिई सुदूरपश्चिम यातायात व्यवसायी समिति सम्बद्ध व्यवसायीले एकलौटी रुपमा प्रयोग गरेकाले विरोधस्वरुप उपमहानगरपालिका घेराउ गर्नु परेको कर्णाली रिभर यातायात सम्बद्ध व्यवसायी जनक धाँमीले बताए। 

“एउटा संस्था सुदूरपश्चिम यातायातले मात्र बस बिसौनीको प्रयोग गरिरहेको छ”–धाँमीले भने, “बस बिसौनीको प्रयोग सबै बस व्यवसायीले गर्न पाउनु पर्छ भन्ने माग हामीले राखेका छौँ।” 

गन्तव्यमा जाने सबै बस उपमहानगरको स्वामित्वको बस बिसौनीबाट छुट्ने व्यवस्था नभएसम्म आफूहरुको संघर्ष नरोकिने अर्का व्यवसायी दीलबहादुर खलौलाले बताए। 

मासिक रु ६५ हजारमा निजी व्यक्तिको जग्गामा भाडामा लिएर कर्णाली रिभर यातायात र मालिका यातायातले स्थापनाकालदेखि नै छुट्टै रुपमा बस बिसौनीको व्यवस्था गरेको छ। उपमहानगरको स्वामित्वको बस बिसौनीमा सुदूरपश्चिम यातायातले आफूहरुका बस राख्न नदिइ विवाद सिर्जना गर्ने गरेको कर्णाली रिभर यातायात व्यवसायीको आरोप छ। 

सुदूरपश्चिम यातायातमा ५०० र कर्णाली रिभर तथा मालिका यातायातमा २५० भन्दा बढी बस व्यवसायी आवद्ध रहेका छन्। बस बिसौनी उपमहानगरपालिकाले भाडामा दिँदै आएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

Ncell Footer Ad