राजधानीबाट पाँच हजार थान पटका बरामद

बुधबार, ०१ कार्तिक २०७४, १९ : १७ नागरिक

काठमाडौँ – महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ। 

नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी बढाएको हो । परिसरले बुधबार पत्रकार सम्मेलन गरी गोँगबु, गौशाला, असन, थानकोट, कालीमाटी, कोटेश्वर, बानेश्वर, कमलपोखरी, महाराजगञ्जलगायत क्षेत्रबाट चार हजार ९३३ थान पटाका बरामद गरेको जानकारी दिएको हो। 

सम्मेलनमा परिसरका प्रवक्ता रामदत्त जोशीले जनसेवाबाट १६, लैनचौरबाट दुई, सिंहदरबार एक, स्वयम्भूबाट एक, कालिमाटीबाट दुई, गौशालाबाट एक, कोटेश्वरबाट एक, कपनबाट एक र गोँगबुबाट दुई पोका पटाका बरामद गरेको जानकारी दिए। “ठूलो परिणाममा पटाका कारोबार गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएका छौँ,”–उनले भने। 

बरामद गरिएका पटकामा झिरझिरे, सुतली, माल टावर, रोल क्याप्स, रकेट, मेषा डिल्कस, मल्टा वारुद, रिंग क्याप, खुर्सानी पटकालगायत रहेको परिसरले जनाएको छ। बरामद गरिएको पटकालाई परिसरमा पानी हालेर नष्ट गरिएको छ। 

यसैगरी परिसरले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बत्तीसपुतलीको अग्र्यानिक चुलो रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु ११ लाख ५५ हजार ८४१ नगदसहित मंगलबार पक्राउ गरेको हो। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...