१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कतारमा एक नेपालीको मृत्यु

राजविराज – वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार जाएका थियो ।

गतराति एक सवारी साधनले ठक्कर दिँदा उनकाे मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकाे किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उनी कतार गएका थियो । उनको शव नेपाल ल्याउनको लागि  नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

 

प्रकाशित: १ कार्तिक २०७४ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App