१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रौतहट– जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विपरीत दिशाबाट आएका मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा रौतहटको जयनगरमा बुधवार एक युवकको मृत्यु भएको हो ।


रौतहटको सदरमुकाम गौरलाई पूर्व–पश्चिम राजमार्गलाई छुने वीरेन्द्र राजमार्गको गरुडा नगरपालिका १ स्थित जयनगरमा जिल्ला कृषि विकास कार्यालय रौतहटको बा १ झ ५३९३ नम्बरको गाडी र स्थानीय शेख अन्सारुलको करिब १६ वर्षका छोरा माेहम्मद ताज चढेको ना ७ प ९५१८ नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किँदा मोटरसाइकल चलाइरहेका माेहम्मद ताज गम्भीर घाइते भएका थिए । गम्भीर घाइतेको प्राथमिक उपचार गरुडामा भएको थियो भने थप उपचारको लागि वीरगंञ्ज पठाइएकोमा गण्डक अस्पतालले युवकको मृत्यु भएको जनाकारी इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले दिए । 

 

 

प्रकाशित: १ कार्तिक २०७४ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App