१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समानुपातिक बन्द सूचीमा दाहालका भाइ

माअाेवादी अध्यक्ष पुष्पमल दाहालका भाइ नारायण

काठमाडौं— नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ बुझाएको बन्द सुचीमा अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहालदेखि पुर्व सभामुख ओनसरी घर्तिमगर सम्मको नाम परेको छ।

अध्यक्ष दाहालका भाई नारायण खसआर्य समूहबाट चितवनवाट समानुपातिकमा परेका हुन्।

माओवादी केन्द्रले आइतवार निर्वाचन आयोगमा बुझाएको बन्द सुचीमा निवर्तमान सभामुख ओनसरी घर्तिमगर, पूर्वउपसभामुख पुर्णकुमारी सुवेदी, सचिवालय सदस्य मणी थापालगायतको नाम समावेश रहेको स्रोतले बतायो। अध्यक्ष दाहालका भाई नारायण खसआर्य समूहबाट चितवनवाट समानुपातिकमा परेका हुन्।

यसैगरी तिलक परियार, पूर्वमन्त्री तथा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा, जयपुरी घर्तिमगर, सुशीला श्रीपाईली, देवी खडका, रामजी चौधरीको नाम पनि बन्द सूचीमा परेको छ। यानप्रसाद चौलागाईकी श्रीमती रुकु चौलागाई, कुमार पौडेल, तारा घर्ती, जुनकुमारी रोक्कामगर पनि माओवादीको सूचीमा समावेश रहेको स्रोतले बतायो।
आयोगमा विवरण बुझाउनका लागि बर्षमान पुन, शक्ति वस्नेत, देवेन्द्र पौडेल, रेखा शर्माहरु पुगेका थिए।

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन्। सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ। संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको उनले जानारी दिए।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को बन्द सूची माओवादीले हिजो निर्वाचन आयोगमा बुझाएको थियो।

प्रकाशित: ३० आश्विन २०७४ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App