१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आँधीका कारण क्रिकेट स्थगित

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल टाइफुन आँधीका कारण स्थगित भएको छ। 

अब नेपालले हङकङसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । तथापि सोमबार पनि हावाहुरीसहित वर्षा हुने अनुमान साइट ‘दी वेदर च्यानल’ ले गरेको छ । सोमबार पनि खेल हुन सकेन भने प्रतियोगिताको शीर्ष चारमा रहेर विश्वकप छनोट हुने नेपालको सम्भावना समाप्त हुनेछ ।

प्रतियोगिताको शीर्ष चारमा नपर्ने टोली डिभिजन २ मा झर्नेछ । राउन्ड रोबिन लिगका आधारमा हुने डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउँछन् । त्यसैले डिभिजन २ को शीर्ष दुईमा रहेर विश्वकप छनोट हुने नेपालको सम्भावना कायमै छ । 

 

प्रकाशित: ३० आश्विन २०७४ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App