२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसँग निर्वाचन आयोगका पदाधिकारी भेट

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका छन्।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक वातावरण आफ्नो हिसाबले चलायमान हुने हुँदा त्यसप्रति नअलमलिई निर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आयोगले गरेको तयारीबारे जानकारी हासिल गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न शुभकामना दिइन्।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनको मिति प्राप्त भएपछि निर्वाचनसम्बन्धी आवश्यक नियमावली, निर्देशिका एवं कार्यविधिहरू तयार गरिएको, निर्वाचन सामग्रीको व्यवस्थापन कार्य तदारुकताका साथ भइरहेको जानकारी गराएका थिए।

भेटमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी पौड्याल र सुधीरकुमार शाह तथा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए। रासस

 

प्रकाशित: २८ आश्विन २०७४ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App